
Roshan Bhatta Official
February 5, 2025 at 01:14 PM
‘बलिदान’को गीत सेयर गर्दै बालेनले सरकारलाई दिन खोजेको सन्देश के?
काठमाडौं महानगर मेयर समेत रहेका र्याप गायक बालेन शाहले बुधबार बेलुका सामाजिक संजालमा २ वर्षअघिको एक टिभी शोमा आफूले गाएको ‘बलिदान’को गीतलाई पुनः शेयर गरे ।
सुरजसिंह ठकुरीको टिभी कार्यक्रम ‘इट्स माई शो’मा बालेनले सो गीतमा प्रस्तुति दिएका थिए । मेयर चुनावको सन्दर्भमा बालेनले गीत गाएका थिए । गीत निकै हिट भएको थियो । यो गीत भने ५ वर्षअघि नै उनले रिलिज गरिसकेका हुन् ।
क्याप्सनबिना बालेनले अचानक पुनः गीत शेयर गरेका छन् । उनले गीतलाई सेयर गर्नुको ‘समय र सन्दर्भ’ अर्थपूर्ण छ । हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा प्रस्तावित प्रावधानले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने भन्दै यतिबेला सरकारको आलोचना भैरहेको छ ।
बुधबार मात्रै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता प्रक्रिया पुरा नभए फेसबुक, इन्स्टाग्रामसहितका प्लाटफर्म बन्द गर्ने चेतावनी दिइसकेका छन् । ठीक यही ‘टाइम एन्ड स्पेस’मा मेयर बालेनले आफ्नो हिट गीतलाई सेयर गर्दै सरकारलाई सन्देश दिन खोजेका छन् ।
https://youtube.com/@rbentertainment745?si=KQP-WzbxuduWwOw7
💓
1